aks

Total Pageviews

Search This Blog

नेपालको समय हेर्नुहोस

Monday, January 31, 2011

झापा जिल्ला र धुलावारीको परीचय


परीचय
झापा जिल्ला नेपालको सुदुर पूर्वी जिल्ला हो । झापा जिल्लाको पूर्व र दक्षिणमा भारत पर्दछ भने उत्तरमा इलाम जिल्ला र पश्चिममा मोरङ्ग जिल्ला पर्दछ । झापा जिल्लाको सदरमुकाम चन्द्रगढी हो । झापा जिल्लाको इतिहासलाइ हेर्ने हो भने राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नु पूर्व झापा जिल्लाको माइ नदीदेखी पूर्वको भाग सिक्किम अन्तर्गत पर्दथ्यो भने माइदेखी पश्चिमको भाग मोरङ्ग जिल्ला अन्तर्गत पर्दथ्यो । झापाको सदरमुकाम पनि कहिल्यै झापामा त कहिल्यै वारदशीमा भएको पाइन्छ । वि०सं० २००७ सालपछि मात्र झापाको सदरमुकाम चन्द्रगढी (भद्रपुर)  कायम भएको पाइन्छ 
भौगोलिक द्रृष्टीले हेर्ने हो भने झापा जिल्ला ८७३९देखी ८८१२पूर्व देशान्तर तथा २६२२देखी २६४८अक्षांसमा फैलिएको   नेपाल अधिराज्यकै सवैभन्दा होचो स्थान केचना कवल (उचाइ ५८.८मीटरझापा जिल्लामा पर्दछ  झापा जिल्लाको सवैभन्दा अग्लो स्थान रातेमाटेडाँडाशान्तिनगर(उचाइ ८०० मीटरहो  झापा जिल्लाले करीव १६०६ वर्ग कि०मि० क्षेत्रफल ओगटेको   झापा जिल्लाको कुल क्षेत्रफल मध्ये ८६.जमिन खेतीयोग्य   अझ ४३.जमिन राम्रो धान खेती हुने जमीन हो 

केही तथ्याङ्क
  • जनसंख्या ७०१४०२
  • महीला साक्षरता प्रतीशत ४५.४
  • क्षेत्रफल १६०६ वर्ग कि‌०मी०
  • नगरपालिका संख्या ३
  • गाविस संख्या ४७
  • निर्वाचन क्षेत्र संख्या ५
  • विद्यालय संख्या ६४०
  • क्याम्पस संख्या ७
  • उच्च मा०वि० संख्या ३९
  • अस्पताल संख्या ५
  • स्वास्थ्य चौकी संख्या ५६
  • टेलिफोन लाईन १०००
  • मोटर सडक ५८१ कि०मी०
  • मानव विकास सुचकांक .४२१
  • प्रति एक डाक्टर जनसंख्या ३०१४५
  • प्रति परीवार संख्या .०१
तापक्रम  बर्षा
झापाको औषत तापक्रम न्यूनतममा  सेन्ट्रीगेटदेखी १६‌० सेन्ट्रीगेटसम्म तथा अधिकतममा १६ सेन्ट्रीगेटसम्म रहन्छ  झापामा बार्षीक २००० देखी ३००० मिलिलिटर बर्षा हुन्छ जसमध्ये झापाका प्रमुख स्थलहरु बिर्तामोडमा औषत बार्षिक २३९६ मिलिलिटर बर्षा हुन्छ भने दमकमा औषत बार्षिक २७५२ मिलिलिटर बर्षा हुन्छ 
नदी तथा ताल
झापाका मुख्य नदीहरुमा माइरतुवामेचीविरीङ्ग हुन् भने अन्य साना खोलाहरुमा मावाकवलकिस्नीसतासीसुरुङ्गाअदुवाहडियाटाङ्गटीङ्गटिमाइबनियानीनिन्दाकालीदेउनीया पर्दछन्  बडो केचना ताल(१६ हेक्टर) , केचना ताल( हेक्टर), गौरादह(. हेक्टर), विराटपोखर(. हेक्टर ), सोदो ताल(. हेक्टर ), मोदो ताल(. हेक्टर) झापाका प्रमुख तालहरु हुन् 
प्रमुख स्थानहरु
  • बिर्तामोड– झापा जिल्लाको मध्य पूर्वी भागमा पर्ने बिर्तामोड झापाको प्रमुख व्यापारीक तथा यातायातको केन्द्र हो  अनारमनी गाविस  चारपाने गाविसको भाग ओगटेको बिर्तामोडमा महेन्द्र राजमार्गमा पर्दछ  बिर्तामोडमा बिभिन्न स्तरका होटल तथा लजहरु उपलब्ध छन्       यहाँबाट देशका बिभिन्न भाग तथा भारतका पनि धेरै भागमा जाने यातायातका बिभिन्न साधनहरु उपलब्ध छन् 
  • धुलावारी— खासगरी विदेशि विलासीका सामानहरुले प्रसिद्ध स्थान धुलावारी बीर्तामोडबाट करीव १० किमी दुरीमा पर्दछ  विदेशी महँगा सामानहरु किन्न भारतीय ग्राहकहरुको धुलावारीमा भीड नैं लाग्ने गर्दछ 
  • काँकडभिट्टा— भारतसँग सीमा जोडिएको स्थान काँकडभिट्टाबाट भारतका बिभिन्न स्थानमा जानलाई यातायात सुविधा उपलब्ध   मेची नदीको कीनारामा अवस्थित काँकडभिट्टादेखी सीमा पारीको भागभने पानीट्यांकी हो 
  • दमक— बिर्तामोड पछीको झापाको प्रमुख व्यापारीक केन्द्र दमक हो  महेन्द्र राजमार्गमाअवस्थीत दमक दमक नगरपालिका अन्तर्गत पर्दछ 
  • भद्रपुर— झापाको पुरानो व्यापारीक केन्द्र भद्रपुर झापाको सदरमुकाम चन्द्रगढीसँग जोडिएको छ।   एयरपोर्ट सुविधाबाट सम्पन्न भद्रपुर पनिमेची नदीको कीनारामा नैं अवस्थित   

नगरपालीका तथा गाविसहरु
झापा जिल्लालाई सन्सदीय रुपमा  वटा निर्वाचन क्षेत्रमा बिभाजीत गरीएको   झापा जिल्लामा तीनवटा नगरपालिकाहरु छन्— मेचीनगर नगरपालीकादमक नगरपालीका  भद्रपुर नगरपालिका 
झापा जिल्लाका बिभिन्न गाउँ विकास समिति तथा नगरपालीकाहरु  तीनको क्षेत्रफल निम्नानुसार 
गा०वि०स० तथा न०पा०को नाम
क्षेत्रफल वर्ग कि०मी०मा
पृथ्वीनगर
२३.२४
पाठामारी
११.३५
बनीयानी
१५.२३
केचना
१५.९०
गोलधाप
१८.००
जलथल
८०.३८
बालुबाडी
१०.८०
पथरीया
२५.३६
हल्दीवारी
१८.५३
भद्रपुर नगरपालीका
१०.५६
महेशपुर
३६.६३
गरामनी
४२.१५
अनारमनी
१८.४०
अर्जुनधारा
३१.१४
शनिश्चरे
२७.२५
खुदुनावारी
५१.०७
बुधवारे
३१.२१
शान्तीनगर
४८.२७
धाइजन
१६.०५
दुवागढी
३१.३५
चन्द्रगढी
२५.५६
बाहुनडाँगी
५७.३०
मेचीनगर नगरपालीका
५५.७२
ज्यामीरगढी
३१.०२
चकचकी
२१.९१
राजगढ
३५.१३
घेरावारी
२७.६५
घैलाडुब्बा
२१.६८
चारपाने
१७.४२
डाँगीवारी
२३.
सुरुङ्गा
५७.१४
शरणामती
४४.१८
टागनडुब्बा
२२.१९
कुमरखोद
३०.३९
धरमपुर
३३.६५
सतासीधाम
५५.४४
तोपगाछी
६४.३२
बैगुनधुरा
२६.४८
शिवगन्ज
३४.४६
पाँचगाछी
२१.४२
महाभारा
२५.५२
खजुरगाछी
२२.१०
गौरीगञ्ज
२७.६६
कोरोवारी
२४.७४
कोहोवरा
३६.८६
महारानीझोडा
२४.२४
गौरादह
३३.२७
जुरोपानी
२८.५६
लखनपुर
३९.९१
दमक नगरपालीका
३९.९१

No comments:

Post a Comment

आफ्नो जन्म मितीलाई नेपाली बाट ईंग्लिश ईंग्लिश बाट नेपालीमा बनाउनुहोस् |

Slide

Your Slideshow Title Slideshow: Your’s trip was created by TripAdvisor. Create your own stunning slideshow with our free photo slideshow maker.

मेरो फोटोहरु

http://www.mydhulabari.blogspot.com

नेपाली क्यालेण्ड हेर्नुहोस ....


Powered by nepali calendar